लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ

पाेखरा | भदौ २५, २०८०

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ निर्वाचित भएका छन् । 

 

लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत भएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । 
 

विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए ।


यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भए । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए ।


संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन् । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए ।


यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईला)लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आईडि)ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्